AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचेतक बर्तौलाले भने : पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

एमाले सचेतक बर्तौलाले भने : पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

  • सोमवार, असार २४, २०८१
एमाले सचेतक बर्तौलाले भने : पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो चुनौती दिएका हुन् । सचेतक बर्तौलाले कुन-कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिए ।

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए ।

सोमबारको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए ।

सचेतक बर्तौलाले भने,’अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्नुस् । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् । धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ? भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’

उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार