AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने : असंवैधानिक गठबन्धनलाई दरो जवाफ !

टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने : असंवैधानिक गठबन्धनलाई दरो जवाफ !

  • मङ्लबार, भदौ १८, २०८१
टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने : असंवैधानिक गठबन्धनलाई दरो जवाफ !

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे टानको अध्यक्षमा नवनिर्वाचित भएपछि अध्यक्ष प्रचण्ड समाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।उनले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरे । यस्तै अध्यक्ष प्रचण्डले यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको बताए ।उनले भनेका छन्– ‘अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’

Facebook Comments

सम्बन्धित समाचार