काठमाडौं– नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एक सय दिने अभियान सञ्चालन गर्ने भएको छ।सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ।सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ।