AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी

सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी

  • शनिबार, कार्तिक १०, २०८१
सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दैछ ।

केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुनेछ ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिले जनाएको छ ।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् ।

जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार