AarthikBikash
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • राजनीति
  • ०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

  • मङ्लबार, पुस १६, २०८१
०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले उक्त निर्णय गरेको हो ।नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको नेकपाका महासचिव विप्लवले बताए ।

आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने महासचिव विप्लवले बताए। बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ। देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए।

Facebook Comments

सम्बन्धित समाचार