AarthikBikash
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • समाज
  • पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

  • मङ्लबार, भदौ २३, २०८३
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

सडकमाथिबाट खसेको पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुगासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भइरहेको उनले बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

सम्बन्धित समाचार