AarthikBikash
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • राजनीति
  • बाढीपछि सम्पर्कविहीनको यथार्थ विवरण तत्काल परिवारलाई दिन कांग्रेसको माग

बाढीपछि सम्पर्कविहीनको यथार्थ विवरण तत्काल परिवारलाई दिन कांग्रेसको माग

  • बुधबार, भदौ २४, २०८३
बाढीपछि सम्पर्कविहीनको यथार्थ विवरण तत्काल परिवारलाई दिन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले रसुवालगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्नुका साथै आधुनिक प्रविधि र आवश्यक उद्धार उपकरण तत्काल प्रयोगमा ल्याउन सरकारसँग माग गरेकी हुन्।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु भएको स्मरण गराउँदै संकटका बेला राज्यको बलियो उपस्थिति देखिनुपर्ने बताइन्।

रसुवामा विनाशकारी बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै थापाले असन्तुष्टि जनाइन्। उनका अनुसार यो सामान्य प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय संकट हो।

साथै, उनले रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका समेत थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनले सम्पर्कविहीनको यथार्थ विवरण तत्काल परिवारजनलाई दिन पनि सरकारसँग माग गरिन्।

सम्बन्धित समाचार