AarthikBikash
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • सोमवार, कार्तिक १०, २०८३
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने तालिका रहेको छ ।

तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुँदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि सुरु हुँदै छ ।

आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ ।

साथै आधिकारीक च्यानलबाट प्रत्यक्ष खेलहरु हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न क्यानका सचिव पारस खड्काले अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार