mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • विश्व
  • राजाराम गाैतमकाे नेतृत्वमा “याेगदान राष्ट्रकाे लागी” काभ्रेपलाञ्चोक शाखा गठन

राजाराम गाैतमकाे नेतृत्वमा “याेगदान राष्ट्रकाे लागी” काभ्रेपलाञ्चोक शाखा गठन

  • शनिबार, कार्तिक २२, २०७७
राजाराम गाैतमकाे नेतृत्वमा “याेगदान राष्ट्रकाे लागी” काभ्रेपलाञ्चोक शाखा गठन

काभ्रेपलाञ्चोक : याेगदान राष्ट्रका लागि काभ्रेपलाञ्चाेक शाखा गठन भएकाे छ । भेलाले सर्वसम्मत रुपमा राजाराम गाैतमकाे अध्यक्षतामा २१ समिति सदस्य चयन गरेकाे छ ।

समितिकाे उपाध्यक्षमा जीवन पराजुलि, सचिव प्रविन सापकाेटा, सह-सचिव ई. कुमार तिमल्सिना (अाईटि संयाेजक), काेषाध्यक्ष सुवास सापकाेटा, सदस्यहरुमा सुरज श्रेष्ठ (सञ्चार संयाेजक), बिपिन खत्रि (स्वास्थ संयाेजक), यश कुमार परियार (सञ्चार सह- संयाेजक), निष्चल हमाल, कुल प्रसाद बजगाई, राजेश तिमल्सिना, सुनिता सापकाेटा, ज्याेति श्रेष्ठ, सुरज सापकाेटा, रवि धिताल, सुरेन्द्र माेक्तान, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, राेहित परियार र भुपाल श्रेष्ठ रहेका छन् ।

समितिकाे सल्लाहकारमा सामाजिक व्यक्तित्व ईन्जिनियर राम कुमार बस्नेत, नेपाल पत्रका महासंघ काभ्रेका पुर्व अध्यक्ष महेश पाैड्याल, सामाजिक व्यक्तित्व समीर व्याञ्जु श्रेष्ठ रहेका छन् ।

योगदान राष्ट्रको लागि संस्थाले विभिन्न ५ मुख्य उदेश्य लिएर जिल्ला शाखा विस्तार गरेकाे संस्थापक अध्यक्ष राजाराम गाैतमले बताए । जसमा :-
१.स्वास्थ्य क्षेत्रमा योगदान गर्ने – प्राथमिक उपचार, सरसफाइ, जनचेतना, तालिम तथा सेवा प्रदायक कार्यक्रम आदि ।
२. दैविप्रकोपमा सहजीकरण गर्न स्वयमसेवकको भुमिका निर्वाह गर्ने ।
३. आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायको तालिम सन्चालन गर्ने ।
४. गुणस्तरीय र अतिरिक्त सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरीय एम्बुलेन्स सेवा सन्चालन गर्ने ।
५. राष्ट्रलाई आइपर्ने महामारी, भबितब्य, आपतकालीन समस्या सङ्ग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने रहेकाे छ ।

कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष आेम उप्रेतिले सम्बाेधन गर्दै संस्थाकाे उदेश्य अनुरुप कार्य गर्न सफलताकाे शुभकामना राखेका थिए भने सल्लाहकार ई. राम कुमार बस्नेतले विगतमा संस्थाले तयार परेकाे जनशक्तिले समाजमा सकारात्मक प्रभाव पारेकाे जानकारि गराउंदै कार्यसमितिलाई बधाई व्यक्त गरे । “याेगदान राष्ट्रकाे लागी” देशकाे सबै जिल्लामा शाखा विस्तारकाे कार्य भैरेहेकाे छ।

सम्बन्धित समाचार