AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विश्व बैंकद्वारा नेपालको लागि करिब १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

विश्व बैंकद्वारा नेपालको लागि करिब १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

  • शुक्रबार, असार ३१, २०७९
विश्व बैंकद्वारा नेपालको लागि करिब १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाडौं – विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो।

नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व बैंकले प्राथमिकताकासाथ सहायता र ऋण अनुदान रकम परिचालनलाई महत्त्व दिएको विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जार्भोसले बताएका छन्।

सहरी ग्रामीण पूर्वाधार, मानव पूँजी र वातावरणीय जोखिमलाई कम गर्दै जीविकोपार्जनका क्षेत्रमा ऋण लगानी हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार