AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

  • सोमवार, साउन २, २०७९
पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

काठमाडौं – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटिभी फुटेज प्राप्त गर्न असफल भएको छ ।

समितिको आइतबार बसेको बैठकमा सीसीटिभी फुटेज हेर्ने ब्यक्ति बोलाइए पनि गत जेठ १४ गतेको फुटेज प्राप्त हुन नसकेको हो । अर्थमन्त्रालयको प्रशासन महाशाखाका प्रमुख, सीसीटिभीसँग सम्बन्धित इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूसंग समितिले सोधपुछ गरेपनि कर्मचारीहरुले मुख्य प्रमाण नै दिन अटेर गरेको बुझिएको छ ।

कर्मचारीहरुले बजेट निर्माणका क्रममा असम्बन्धित मानिस मन्त्रालय प्रवेश गरेको विषयमा पनि आलटाले कुरा गरेको समितिका सदस्यहरुले बताएका छन् । सीसीटीभी फुटेज कसरी प्राप्त गर्ने भन्ने विषयमा साेमबार बस्ने बैठकमा छलफल हुने भएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा एउटा निजी कम्पनीका प्रबन्धकलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दरमा चलखेल गर्न दिएको आरोपमा संसदीय समिति गठन गरिएको छ ।

सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपनि छानविनमा प्रमाण जुट्न नदिन उनी सक्रिय रहेको बुझिएको छ।

Facebook Comments

सम्बन्धित समाचार