AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • देश
  • बढ्दै कोरोना संक्रमितको संख्या,एकै दिन ३५७ जनामा संक्रमण

बढ्दै कोरोना संक्रमितको संख्या,एकै दिन ३५७ जनामा संक्रमण

  • मङ्लबार, साउन ३, २०७९
बढ्दै कोरोना संक्रमितको संख्या,एकै दिन ३५७ जनामा संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार