AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना संक्रमण

  • शनिबार, साउन ७, २०७९
पछिल्लो २४ घण्टामा  थप ३३५ जनामा कोरोना संक्रमण

 काठमाडौं देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८८ जनाको पीसीआर र १ हजार ९ सय ८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ९ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार