AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • बुधबार, साउन ११, २०७९
थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार ९ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार