AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ७१० जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

थप ७१० जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

  • बिहिबार, साउन १२, २०७९
थप ७१० जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार