AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थपिए १०४ जना कोरोना संक्रमित, दुईको मृत्यु

थपिए १०४ जना कोरोना संक्रमित, दुईको मृत्यु

  • आइतवार, भदौ २६, २०७९
थपिए १०४ जना कोरोना संक्रमित, दुईको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५८७ जनाको नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।

पिसीआर परीक्षणबाट ८९ जना र एन्टीजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा दुई हजार ३१६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १४ जनाको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार