AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

  • शनिबार, अशोज १, २०७९
महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको छ ।

शनिबार बसेको समितिको बैठकले निष्कर्ष लेख्ने जिम्मा विष्टलाई दिएको समितिका सदस्य मिन बहादुर विश्वकर्माले जानकारी दिए । प्रतिवेदनमा अन्तिम निष्कर्षमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिनेछ ।

प्रतिवेदन पारित भएपछि आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।

Facebook Comments

सम्बन्धित समाचार