AarthikBikash
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • राजनीति
  • दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध!

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध!

  • बुधबार, अशोज २६, २०७९
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध!

पोखरा – राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन्। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेविरुद्धको उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन्। यसको औपचारिक घोषणा भने हुन बाँकी छ।

मनाङेसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए। सत्ता गठबन्धन तथा नेकपा एमालेले मनाङेविरुद्ध उम्मेदवारी दिएका छैनन्।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ। उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन्। यसको औपचारिक घोषणा भने हुन बाँकी छन्।

सम्बन्धित समाचार