AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप

ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप

  • शुक्रबार, कार्तिक १८, २०७९
ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्।

शुक्रबार गोरखा नगरपालिका– १४, याङ्गकोटमा आयोजना गरिएको सत्ता गठबन्धनको चुनावी भेलालाइ सम्बोधन गर्दै ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको गठबन्धन अग्रगमनको लागि भएको तर, ओली भने अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप प्रचण्डको छ।

‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’ प्रचण्डले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’

उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष परेपछि परास्त गर्न सफल प्रचण्डको भनाई छ।

Facebook Comments

सम्बन्धित समाचार