AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद यथावत् रहने

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद यथावत् रहने

  • शुक्रबार, पुस २२, २०७९
रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद यथावत् रहने

काठमाडौं-सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ ।

सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए ।

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । बिहीबार अन्तरिम आदेश दिने या नदिने विषयमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले लामिछानेको पद यथावत रहने आदेश दिएको हो । सो रिटमाथि थप सुनुवाई लागि माघ ११ गतेको पेशी तोकिएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार