AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशभर बढ्यो जाडो, काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस

देशभर बढ्यो जाडो, काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस

  • शनिबार, पुस २३, २०७९
देशभर बढ्यो जाडो, काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस

काठमाडौं-देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।

यसअघि, यही पुस २१ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस थियो ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३, दिपायलको ३.७, पोखराको ४.५, डडेलधुराको ४.६, ताप्लेजुङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार