AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चालक दलसहित ७२ यात्रु सवार यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त

चालक दलसहित ७२ यात्रु सवार यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त

  • आइतवार, माघ १, २०७९
चालक दलसहित ७२ यात्रु सवार यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं – काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।

जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार