AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

  • आइतवार, माघ १५, २०७९
आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ ।

पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले गरेको छ । वडा नम्बर २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा कार्यालयबाट विवरण संकलन सुरू गर्ने महानगरपालिकाले जनाएको छ ।

सुरूमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुले सास्ती भोग्नु परेकाले महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा विवरण संकलनको काम गर्न लागेको हो ।

अहिलेसम्म सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी जिल्ला प्रशासन कार्यालयहरु तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिँदै आएको छ ।

महानगरपालिकाले नागरिकताको सक्कल प्रति, नागरिकतामा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण लिएर जान भनेको छ ।

नागरिकतामा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइको प्रमाणपत्रको सक्कलप्रति लैजानु पर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार