AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

  • बुधबार, चैत्र ८, २०७९
वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

काठमाडौं – अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजर काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन्। विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको हो।

नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ। पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको छ।

सम्बन्धित समाचार