AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

  • मङ्लबार, चैत्र २८, २०७९
सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौं-मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।

दुई दिनसम्म चलेको बार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

पहिलो र दोस्रो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

Facebook Comments

सम्बन्धित समाचार