AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • देश
  • नक्कली शरणार्थी प्रकरणको प्रतिवेदनप्रति एमाले महासचिवको आपत्ति

नक्कली शरणार्थी प्रकरणको प्रतिवेदनप्रति एमाले महासचिवको आपत्ति

  • मङ्लबार, जेष्ठ ९, २०८०
नक्कली शरणार्थी प्रकरणको प्रतिवेदनप्रति एमाले महासचिवको आपत्ति

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदनप्रति आपत्ति जनाएका छन्। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता पोखेलले आपत्ति जनाएका हुन्।

सत्तापक्षको निर्देशनमा हल्का फुल्का प्रतिवेदन तयार पारिएको र सार्वजनिक अडिओ्भिडिओमा अभियुक्तहरूले नाम लिएका व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याइएको एमाले महासचिव पोखरेलको टिप्पणी छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो–भिडियो सामाजिक संजालमा छताछुल्ल हुँदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ ।यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ।’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

यति संवदेनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुने टिप्पणी उनको छ।

Facebook Comments

सम्बन्धित समाचार