AarthikBikash
शनिबार, साउन २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

  • सोमवार, साउन १, २०८०
रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। अर्यालको मोबाइलमा ज्यान मार्ने म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङका विजय कालीकोटे रहेका छन्। उनले गत असार १९ मा डोलप्रसादलाई मोबाइलमा म्यासेज पठाएर धम्की दिएको बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले त्यस दिन दिउँसो १ः२६ बजे डोलप्रसादलाई म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएका थिए।

सम्बन्धित समाचार