AarthikBikash
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

  • आइतवार, साउन ७, २०८०
ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो। ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।

सम्बन्धित समाचार