AarthikBikash
मङ्लबार, साउन ८, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

  • बुधबार, साउन १०, २०८०
कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं-प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर आफ्नो सम्बोधन टुंग्याएपछि सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पनि नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनामा सहयोग गर्नुपर्ने बताएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार