AarthikBikash
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सोनापुर मिनिरल्सलाई आइपीओ बिक्री गर्न बोर्डको अनुमति

सोनापुर मिनिरल्सलाई आइपीओ बिक्री गर्न बोर्डको अनुमति

  • बिहिबार, साउन १८, २०८०
सोनापुर मिनिरल्सलाई आइपीओ बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं-सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार