AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का

जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का

  • शनिबार, भदौ ९, २०८०
जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं-उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गरे । उनले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताए । उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको बताए ।

‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीको नेतृत्वमा नेपाली कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरु मिलेर अहिले हामी सरकार चलाइरहेका छौँ’ उनले भने, ‘नेपाली कांगे्रस सरकारमा गएको अहिले लगभग साढे ४ महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा एउटा संकल्पसहित हामी अघि बढिरहका छौं ।’

उनले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्ने गरी सरकार अघि बढिरहेको बताए । उनले सरकार दोषी छुट्नुहुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको समेत बताए ।

उपप्रधान एवं रक्षामन्त्री खड्काले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार