AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • बारामा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

बारामा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

  • बुधबार, पुस ४, २०८०
बारामा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

बारा – बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार उक्त दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो । उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार