AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • अलपत्र परेका यी २७ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

अलपत्र परेका यी २७ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

  • बिहिबार, माघ ४, २०८०
अलपत्र परेका यी २७ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरेको हो ।

कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, प्रतिभा रावल र खुस्बु सरकार श्रेष्ठ रहेका छन् ।

रास्वपाले विभिन्न २७ आयोजना केन्द्रित दबाब यात्रा कार्यक्रम गर्न लागेको हो ।

रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन –८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार