AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बीपी प्रतिष्ठानको उपकुलपति कक्षमा लगाएको ताला खोले हर्क साम्पाङले

बीपी प्रतिष्ठानको उपकुलपति कक्षमा लगाएको ताला खोले हर्क साम्पाङले

  • शनिबार, माघ ६, २०८०
बीपी प्रतिष्ठानको उपकुलपति कक्षमा लगाएको ताला खोले हर्क साम्पाङले

काठमाडौं-सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खालेका छन्।

उच्च अदालत, विराटनगरले अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हडताल, तालाबन्दी नगर्न÷नगराउन अन्तरिम आदेश दिएपछि मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न स्वकीय सचिव सुर्दशन लिम्बूलाई पठाएका हुन्। नगरप्रमुख साम्पाङले माघ १ गते शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ताला लगाएका थिए ।

कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको बढुवा प्रक्रिया रोकेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए। अदालतको आदेशपछि  साम्पाङले धराशायी प्रतिष्ठानमा सर्वसाधारणको दुःख सम्बोधन गर्न खोज्दा अदालतले आफूलाई अपराधी करार गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

Facebook Comments

सम्बन्धित समाचार