mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • विकासका आयोजनालाई तोकिएकै समयमा पूरा गर्नुपर्छ : रवि लामिछाने

विकासका आयोजनालाई तोकिएकै समयमा पूरा गर्नुपर्छ : रवि लामिछाने

  • आइतवार, माघ २१, २०८०
विकासका आयोजनालाई तोकिएकै समयमा पूरा गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने बताएका छन् ।मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताए। उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताए।

दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने सभापति लामिछानेको भनाइ छ।

उनले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताए ।२१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उनले बताए ।त्यसका लागि आयोजना छान्न र दबाब अभियानका लागि तयार रहन लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित समाचार