AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

  • आइतवार, माघ २१, २०८०
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

दाङ – घोराहीमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्।

शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं.१ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन् ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार