AarthikBikash
शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • राजनीति
  • उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

  • शनिबार, चैत्र १०, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

काठमाडौं-उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार