AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

  • बुधबार, चैत्र २८, २०८०
प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन ।

लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार