AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

  • शुक्रबार, बैशाख १४, २०८१
सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं-  उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।पक्राउ गरेकाहरूको साथबाट १७६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा  दार्चुला महाकाली नगरपालिका ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन् ।त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार