AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली सेनाभित्र अझै गणतन्त्र आएको छैन, सेनालाई आधुनिकीकरण गरौं : पृथ्वीसुब्बा गुरुङ

नेपाली सेनाभित्र अझै गणतन्त्र आएको छैन, सेनालाई आधुनिकीकरण गरौं : पृथ्वीसुब्बा गुरुङ

  • बुधबार, जेष्ठ ३०, २०८१
नेपाली सेनाभित्र अझै गणतन्त्र आएको छैन, सेनालाई आधुनिकीकरण गरौं : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं-नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनालाई व्यापार,ठेक्कापट्टा गर्न दिनु जायज नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् ।

सांसद गुरुङले नीति तथा कार्यक्रममा व्यापक छलफल गर्नुपर्नेमा त्यो हुन नसकेको भन्दै असन्तुष्ट व्यक्त गरे।

उनले सेनामा महत्त्वकाक्षी बढ्यो भने लोकतन्त्र,गणतन्त्रमाथि नै खतरा पर्ने दाबी गरे।

सांसद गुरुङले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ। त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्नेछ,सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,परम्परागत रुपमा चल्न दिनुहुँदैन।’

सांसद गुरुङले पोलिसी र कार्यक्रममा हस्तक्षेप गर्नु आवश्यकता रहेको उल्लेख गरे। उनले बजेटकोबारे धेरै टिप्पणी नभएपनि संसदलाई बहसको थलो बनाउनुपर्ने तर्क गरे।

उनले संसदलाई वाद९विवाद,संवाद र सहमतिको थलोको रुपमा स्थापित गर्नुपर्ने धारणा राखे।

Facebook Comments

सम्बन्धित समाचार