AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

  • आइतवार, असार २३, २०८१
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।

बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफुहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

सम्बन्धित समाचार