AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले लिए ‘एक्सन रूम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी

प्रधानमन्त्री प्रचण्डले लिए ‘एक्सन रूम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी

  • आइतवार, असार २३, २०८१
प्रधानमन्त्री प्रचण्डले लिए ‘एक्सन रूम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी वर्षासँगै सिंहदरबारस्थित ‘एक्सन रूम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिए।

अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए ।

केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिए ।

बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीले दुःख जनाउनुको साथै उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार