AarthikBikash
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • समाज
  • कोटेश्वरको गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार, २ सञ्चालक पक्राउ

कोटेश्वरको गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार, २ सञ्चालक पक्राउ

  • शुक्रबार, साउन ४, २०८१
कोटेश्वरको गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार, २ सञ्चालक पक्राउ

 

काठमाडौं – कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बता

सम्बन्धित समाचार