AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

  • सोमवार, साउन २१, २०८१
प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं– काठमाडौं-तराई फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु गरेका हुन् ।धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो ।महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ ।

काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको छ ।त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।फास्ट ट्य्राकको कुल दूरी ७०.९७७ किमि हो, जसमध्ये ६४.४७ किमिको मात्र ठेक्का भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार