AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौती बन्दै, ५८२ जना संक्रमित

कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौती बन्दै, ५८२ जना संक्रमित

  • बिहिबार, साउन ३१, २०८१
कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौती बन्दै, ५८२ जना संक्रमित

काठमाडौं– कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगु संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेंगु नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेंगु लागेर एक जनाको मृत्यु भएको छ ।

यो प्रदेशमा साउन १ देखि २९ गतेसम्ममा ३३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा १९९, झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुंगामा १०, खोटाङमा तीन र तेह्रथुममा दुई जना संक्रमित भएका छन् ।मोरङको लेटाङ नगरपालिकामा संक्रमितको संख्या ३१० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार