AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

  • बिहिबार, भदौ ६, २०८१
प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको बताएका छन्।आज बिहान जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको गृहमन्त्री लेखकको भनाई छ ।मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेको गृहमन्त्री लेखकले दाबी गरे । विभिन्न मन्त्रालयहरुको सहमति पछि प्रहरी समायोजन प्रक्रिया संसदमा जाने उनले बताए।

प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने गृहमन्त्री लेखकले बताए ।प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।त्यस्तै, गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताए। उनले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार