AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • लेखा समितिका सभापति पोखरेल नै सहकारी ठगीमा मुछिए

लेखा समितिका सभापति पोखरेल नै सहकारी ठगीमा मुछिए

  • बिहिबार, भदौ २७, २०८१
लेखा समितिका सभापति पोखरेल नै सहकारी ठगीमा मुछिए

काठमाडौं– सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलसमेत मुछिएका छन् ।मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सांसद पोखरेल मुछिएका हुन् । धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उक्त सहकारीमा करिब १२ करोड रुपैयाँ अपचलन भएको खुलासा भएको छ ।१८ करोड ५१ लाख रुपैयाँ कूल पूँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको भेटिएको छ ।शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ ।

सो रकम सहकारीका अध्यक्षले मनोमानी ढंगले प्रयोग गरेको पूर्वसञ्चालकहरुको आरोप छ । सार्वजनिक लेखासमितिका सभापति पोख्रेलकी श्रीमती अञ्जला कोइराला पनि सो सहकारीको सञ्चालक थिइन् ।तर, पछिल्लो समय उनले छाडेको बताइएको छ । सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण कोइराला अहिले कालोसूचीमा रहेको खुलेको छ । कोइराला सहकारीको सञ्चालकमा देखाइएकी सदस्य मात्रै हुन् । तर सम्पूर्ण कारोबार अध्यक्ष शम्शुप्रसाद रौनियारले र उनका पति सांसद पोखरेलबीचको सल्लाहमा हुने गरेको स्रोत बताउँछ ।

पोखरेलकी पत्नी अञ्जला कोइराला शिक्षण पेसामा आबद्ध रहेको बताइएको छ । अञ्जला सहकारी स्थापनादेखि नै जोडिएकी हुन् । २०७५ सालमा जारी भएको सहकारी नियमावलीले संचालक बस्न रोकेपछि उनले राजीनामा दिएकी थिइन् ।तर, उनको राजीनामा स्वीकृत भएन । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनको दाबी छ । सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियार सहकारीको कार्यालय बन्द गरेर हिँडेका छन् ।

१८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीबाट ठगिएकाहरु न्याय माग्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालय लगायतका निकायमा पुग्न थालेका छन् ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै सांसद पोखरेलको नामसमेत चर्चामा आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार