AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिवेदनलाई अन्तिम रूप दिने सहकारी छानबिन विशेष समितिको तयारी

प्रतिवेदनलाई अन्तिम रूप दिने सहकारी छानबिन विशेष समितिको तयारी

  • शुक्रबार, भदौ २८, २०८१
प्रतिवेदनलाई अन्तिम रूप दिने सहकारी छानबिन विशेष समितिको तयारी

काठमाडौं– सहकारीको बचत अपचलन र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ । समितिको ६०औं बैठकमा प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल भएको हो । शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले बताए ।आज अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुखसहितलाई समितिमा बोलाइएको छ ।

फरार सूचीमा रहेकाहरूलाई विदेशबाट ल्याउन साउन १३ गतेको बैठकमा दिइएको निर्देशन कार्यान्वयनका बारेमा उनीहरूसँगको छलफल केन्द्रित हुने सभापति थापाले बताए । यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । यस अगाडि तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार