AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

  • शुक्रबार, भदौ २८, २०८१
क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्टारबोइ सोलुसनका सञ्चालकहरू गैडाकोट नवलपरासी घर भइ हाल ठमेल बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ घर भइ मनमैजु बस्ने २० वर्षीय आयुष शर्मा रहेका छन् ।रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो। उनीहरूले क्रिप्टोको कारोबार गरेको खुलेपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरे हो ।उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।उनीहरूको साथबाट केही थान मोबाइल र ल्यापटप समेत बरामद गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार