кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, असार १८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन

सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन

  • आइतवार, भदौ ३०, २०८१
सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौं-संसदको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ।

माओवादी ‘हिंसा’ शब्दलाई लिएर अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक सुचारू गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन बनेको हो।

संसद्को अवरोध हटाउन सभामुख घिमिरेले आइतबार दलहरूको बैठक बोलाएका थिए ।

संसद्को रेकर्डमा दर्ज भएको ‘माओवादी हिंसा’ भन्ने शब्द हटाउनु पर्ने माओवादीको अडानका कारण बैठक निष्कर्षविहीन बनेको हो।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते बोलेको माओवादी ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने सभामुखले घोषणा गरेपछि संसद्‌मा अवरोध सृजना भएको हो।

भदौ २६ गतेको बैठकमा सभामुखले हिंसा शब्द असंसदीय नभएको घोषणा गरेपछि माओवादीले संसद अवरुद्ध गरेको थियो।

माओवादी हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीले संसदीय दलको बैठकमा निर्णय गरेरै गराएको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ।

सम्बन्धित समाचार